CategoriesUncategorized

शिक्षकहरुले गरिरहेको न्यायपूर्ण आन्दोलनमा हाम्रो ऐक्यबद्धता प्रकट

हिजो हाम्रो पार्टीका शीर्षस्थ नेताहरू र सांसदहरूको समूह शिक्षकहरुले विगत करिब एक महिनादेखि गरिरहेको न्यायपूर्ण आन्दोलनमा हाम्रो ऐक्यबद्धता प्रकट गर्न गएका थियौँ । हामीलाई आन्दोलनरत शिक्षकहरु र शिक्षक महासंघका नेताहरुले आन्दोलन स्थलमा हार्दिक तथा भव्य स्वागत गर्नुभयो । हामीले वहाँहरूको न्यायपूर्ण आन्दोलनप्रति दरो समर्थन र ऐक्यबद्धता जनाउँदै वहाँहरूका जायज मागहरुलाई पूरा गर्दै अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गर्‍यौ र शिक्षकहरूको आन्दोलनप्रति हाम्रो अन्तिमसम्म समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै फर्कियौं । तर त्यसको लगत्तै पछि केही पूर्वाग्रह पीडित सरकारी हण्डी प्राप्त तत्वहरुले शिक्षकहरुको आन्दोलनलाई कमजोर बनाउने र हाम्रो पार्टीलाई बदनाम गर्ने कुनियतले बिल्कुल उल्टो समाचार केही सामाजिक सञ्जालमा प्रसारित गरे । यस्ता हर्कतहरुले स्वयं पत्रकारितालाई अपमान गर्दछ । म यस प्रकारका दूषित र गलत प्रचारबाट कसैलाई पनि प्रभावित नबन्न हार्दिक आग्रह गर्दछु ।